रुकुम पश्चिम जीप दुर्घटनामा पाँचको निधन, चारको हेलिकोप्टरमा उद्धार

रुकुम पश्चिम जीप दुर्घटनामा पाँचको निधन, चारको हेलिकोप्टरमा उद्धार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु भएकाको संख्या पाँच पुगेको छ । १० जना घाइते भएकामध्ये चार जनाको अवस्था चिन्ताजनक छ । 

१५ जना सवार जीपका चार जना घाइतेलाई सेनाको हेलिकोप्टरमा कोहलपुरस्थित शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । 

दुर्र्घटनामा बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा केसी र उनका २२ दिने शिशु रोशनको निधन भएको छ । सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठामगर, ४८ वर्षीय देउचन खत्री र २३ वर्षीय शीतल कुसारीको पनि घटनास्थलमा ज्यान गएको हो ।

टिप्पणीहरू