दिल्ली जान काठमाण्डौबाट छुटेको बसमा नैकाप नपुग्दै आगलागी

दिल्ली जान काठमाण्डौबाट छुटेको  बसमा नैकाप नपुग्दै आगलागी

काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेको यात्रुवाहक बसमा आगो लागेको छ । बिहान साढे ६ बजे स्वयम्भूबाट छुटेको बा.४ ख २३८८ नम्बरको नेपाल–भारत मैत्री बस सेवा यातायातको बसमा नयाँ नैकाप पुग्दा ह्र्वाह्वार्ती आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकल र बलम्बूको प्रहरी प्रभागबाट खटिएको टोलीले बेलैमा आगो निभाएको छ । बिहान पौने ७ बजेआगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

बसमा आगो लागेपनि मानवीय क्षति भने भएको छैन ।

टिप्पणीहरू