मित्रता दिवस चीनमा धमाधम मनाइँदै
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउने क्रम चीनमा शुरु भएको छ । सिचुआन प्रान्तको राजधानी छन्तुमा सिचुआन–नेपाल संस्कृति,पर्यटन,अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिचुआन श्रृंखला प्रारम्भ भएको छ ।
सिचुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छन्तुस्थित नेपालको महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रान्तीय विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओ,बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत विशिष्ट पाहुनाको उपस्थिति …