भूकम्प प्रभावित क्षेत्रको कृषि उकास्न आठ करोड युआन निकासा
भूकम्प प्रभावित चीनको सिचाङ, टिंग्री काउण्टी क्षेत्रको कृषिमा चीन सरकारले राहतको घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले गत मंगलबार बिहानको भूकम्पले कृषि क्षेत्रमा पुर्याएको क्षतिबाट स्थानीय जनतालाई राहत दिन आठ करोड युआन छुट्याएको सिन्हवा समाचार समितिले जनाएको छ ।
यसबाट सिचाङका खेतबारी, पशुपक्षीका गोठलगायत भौतिक संरचनामा भएको क्षतिमा सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सहयोग रकम भूकम्पबाट भएको चौपाया क्षतिमा पनि क्षतिपूर्ति गरिने छ ।
राहत रकम प्रकोपपछिको अवस्था…