देउवाले छोडेको भोलिपल्ट हस्ताक्षर प्रस्तुत
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको काम गर्दै नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् ।
जेन—जी प्रदर्शनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएकाहरूले आज अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर हस्ताक्षरसहितको प्रतिवेदन पेश गरेका हुन् । विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको छ ।
नियमित महाधिवेशनको प्रक्रिया शुरु नभएपछि आफूहरूले विशेष अधिकार प्रयोग गर्दै विशेष म…