विनोद चौधरीलाई १५ हजार जरिवाना, सुशासनको ‘गफ’ दिनेहरुले पनि खर्च सार्वजनिक गरेनन्
गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारहरु कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाएका संघ तथा प्रदेशका झण्डै साढे दुई हजार उम्मेदवार जरिवानाको कारबाहीमा परेको जानकारी दिएको छ ।
आयोगका अनुसार निर्वाचन खर्च विवरण सार्वजनिक नगरेका प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभातर्फका १३ सय ९८ जना उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना गरिएको छ । आयोगको निर्देशन अवज्ञा गरेर चुनाव खर्च नदेखाउने उम्मेदवार…