विनोद चौधरीलाई स्थानीय सरकारमा बोलाइयो,हदसम्मको जरिवाना तिराउने तयारी
डलर अर्बपति विनोद चौधरीको ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन लक्जरियस अपार्टमेण्टका कारण हिजो राति पीडित बनेका आधा दर्जन घरधनी र स्थानीयलाई उचित क्षतिपूर्ति तिराउने आश्वासन महानगरपालिकाले दिएको छ । होटल समिट भएको स्थानमा बनाउन थालिएको चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छ । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको छ ।
गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको र स्थानीयको निजी सम्पत्तिमा क्षति पुर्याएको…