कांग्रेस

कांग्रेस मुख्यालयमा बैठकअघि अनसन र प्रदर्शन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सानेपास्थित पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् । कालो पोशाकमा उपस्थित भएका विद्यार्थी नेताहरूले कालै कपडाले मुख छोपेर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको र विधानबमोजिम नयाँ कार्यसमिति गठनको माग गर्दै उनीहरुले ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘कहिलेसम्म म्यादी नेविसंघ ?’ लगायतका नारा लेखिएको प्लेकार्ड देखाएका छन् । अर्को भातृ संगठन तरुण दलका नेताहरु प…