कांग्रेसबाट थप तीनजना मन्त्री नियुक्त, शेखर-गगन समूहलाई आठमा दुई

कांग्रेसबाट थप तीनजना मन्त्री नियुक्त, शेखर-गगन समूहलाई आठमा दुई

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

प्रधानमन्त्रीले कांग्रेसका उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्दै आज आठौँ पटक क्याविनेट बिस्तार गर्नुभएको हो ।  

राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेको शीतल निवासले विज्ञप्ति निकालेर जानकारी गराएको छ । नवनियुक्त मन्त्रीहरुको भोलि दिउँसो ३ बजे शपथ हुने कार्यतालिका रहेको छ । 

सत्तारुढ गठबन्धनमा आठ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएअनुसार यसअघि नै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा गएको कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग मन्त्री छन् । 

काँग्रेसमा संस्थापन (सभापति देउवा) र इतर (शेखर-गगन) खेमाबीच आन्तरिक भागबण्डा नमिलेका कारण त्यतिबेला पाँच जनालाई मात्रै मन्त्री सिफारिस गरेको थियो । इतर खेमाले तीन मन्त्री दाबी गरेपनि अन्तत: दुई जनामा चित्त बुझाउनुपरेको छ । आज मन्त्री नियुक्त भएका गुरुङ र लिम्बु इतर पक्षका हुन् भने बस्नेत संस्थापन निकट छन् ।

टिप्पणीहरू