यस पात्र कति होलान् नेपालमा ?

यस पात्र कति होलान् नेपालमा ?

रुकुम नाथीगढ घर भई काठमाडौं सामाखुसी बस्ने धनबहादुर केसी (डीबी) रुकुमपूर्वबाट कांग्रेसको कोटामा प्रदेश सभासद्तर्फ निर्वाचित भएका छन् । बेरोजगार युवाहरूलाई अमेरिका पठाउने उनीसँग अमेरिका, ब्राजिल, मेक्सिको, इक्वेडर आदि देशको साइनो छ । नेपालमा दुईवटी श्रीमती र इक्वेडरका महिलासँग विवाह गरी छोराछोरी जन्माएर राजधानी कुइटोमा राखेका छन् ।

विदेशी श्रीमती र छोराछोरीको नाममा नेपालबाट डलर पठाउँछन् । रुकुम, काठमाडाैँ, दाङ, नेपालगञ्ज, बुटवल, चितवन, इलाम, पोखरामा सयौं रोपनी घरजग्गा खरिद गरेको, ७ करोडको गाडी चढेको, हुण्डी कारोबारका लागि काठमाडाैँमा मनी ट्रान्सफर र ट्राभल एजेन्सी खोलेको, करिब १५/२० वटा बस र जीप, बुटवल र दाङमा पेट्रोल पम्प सञ्चालन गरेको अवस्था छ । नगद र सुनचाँदी आफन्तको घरमा थुपारेका छन् ।

जिल्ला अदालत रुकुमबाट किर्ते कागजात मुद्दामा दोषी ठहर भई सजायँ पाएकोमा पैसा पेलेर सजायँ भुक्तान गरेका छैनन् । अमेरिका पठाउने भनी सयौं युवालाई दुबई, ब्राजिल, बोलिभिया, मस्को, इक्वेडर, मेक्सिकोलगायत देशमा अलपत्र बनाउँदा कोही बीच बाटैमा मरेका र मारिएका छन् भने कोही अमेरिका पुगेर काम नपाई आत्महत्या गर्न बाध्य छन् । मुक्ति केसी, प्रेम केसी, रूपक, हस्त, कलबहादुर, एलबी, लालवीर बोहरा, राष्ट्रिय अनुसन्धान विभागको राजु केसीहरूले यो धन्दामा सहयोग गरिरहेका छन् । हामीसँगै रुकुममा आटोढिंडो खाएको, जागिर पेशा केही नभएको व्यक्तिले रातारात विनोद चौधरीको भन्दा बढी सम्पत्ति कसरी कमायो !

निर्वाचनताका सशस्त्रको पूर्वआइजी शैलेन्द्र खनालमार्फत रुकुम पूर्वका गाउँ–गाउँमा नेपाली युवालाई बिदेसिन दिनुहुन्न भनेर मिडियामा अन्तर्वार्ता र भाषण गर्नेले युवाहरूबाट ५० लाखसम्म नगद लिएर चोरीको बाटोबाट अमेरिका पठाइरहेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी उम्मेदवार बसेको रुकुमकोट होटलमा प्रहरीलाई छापा हान्न लगाई विपक्षी पार्टीलाई हतोत्साही बनाउने उनै हुन् । वैदेशिक रोजगारमा भएका नागरिक र स्वर्गवास भइसकेका व्यक्तिको नामबाट आफूलाई भोट हाल्न बाध्य बनाएको आरोप छँदैछ ।

देउवालाई ५ करोड बुझाई जिल्लामा कहिले पनि मुख नदेखाउने व्यक्तिले काठमाडौँदेखि हेलिकप्टरमा जिल्ला पुगेर उम्मेदवारी दर्ता गरी सभासद भएका छन् तर जीवनभर जिल्लाबासीका लागि ज्यान अर्पण गरेका नरहरि खड्का, भावना बुढाथोकी, केशव रावल, केशव चन्द्र समालजस्ता नेता उत्तानो टाङ छन् । अन्न खाने वास्तविक भेडाहरूको जिल्ला रुकुमपूर्व नै रहेछ, डडेल्धुरा होइन रहेछ । 

– रुकुम पूर्वका देशप्रेमी युवाहरू 

 

टिप्पणीहरू