काँग्रेसले कार्यालयमा झण्डा झुकाउने
सत्तारुढ नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सोमबार निधन भएका पूर्व सांसद तथा मन्त्री ढुण्डिराज शास्त्रीको सम्मानमा केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले शास्त्रीको निधनप्रति शोक पारित गर्दै १३औँ दिनमा शोक सभा गर्ने पनि निर्णय गरेको छ ।
बैठकपश्चात सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरुले शास्त्रीको पार्थिव शरिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
८९ वर्षीय शास्त्रीको अस्ति काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । उनी २०४८ र ०५१ को आम निर्वाचनमा नेपाली काँग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
टिप्पणीहरू