घरजग्गा किन्न काँग्रेसको ५० लाख बैना

घरजग्गा किन्न काँग्रेसको ५० लाख बैना

नेपाली कांग्रेसले सानेपास्थित पार्टी कार्यालय विस्तारका लागि १३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गर्ने भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतको उपस्थितिमा जग्गाधनी अमरिमान आमात्यसँग खरिद सम्झौता गरिएको छ ।

हाल केन्द्रीय कार्यालय रहेको अगाडिको १९ आना जग्गा र त्यहाँको तीन तले घर खरिद गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एक वर्षभित्र पास गर्नेगरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता गरिएको छ ।

कार्यालय विस्तारपछि भेटघाटका लागि पुग्ने पार्टी नेता तथा कार्यकर्ताहरुलाई सजिलो हुने कांग्रेसको विश्वास छ ।

टिप्पणीहरू