मधेशमा एमालेको महाभूल
नेपालीमा उखान छ–लोभले लाभ, लाभले विलाप । धेरै लोभ गर्दा लाभ भइसकेको पनि कसरी गुम्छ भन्ने कुरा दर्साउने यो उखान यतिबेला नेकपा (एमाले)को जीवनमा मेल खाएको छ । जेनजी आन्दोलन थेग्न नसक्दा संघीय सरकारबाट बाहिरिएको एमालेले मधेश प्रदेशमा एकैचोटि तीन वटा महत्वपूर्ण पद गुमाउनुपरेको सन्दर्भ हो यो ।
डेढ महिनामा तीन जना मुख्यमन्त्री पाएको मधेश प्रदेश आफैँमा राजनीतिक तरलताको केन्द्र मानिन्छ । यो सत्तासँग नजिक हुन चाहने ठाउँ हो । अहिलेसम्म मधेशवादी पार्टीको नेतृत्वमा…