स्वर्णिम-देउवा भेटप्रति गोकुलको कटाक्ष

स्वर्णिम-देउवा भेटप्रति गोकुलको कटाक्ष

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोहोरो चरित्र प्रदर्शन गरेको टिप्पणी गरेका छन् । 

सो पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो । राजनीतिमा रास्वपाले कुनै नयाँ ट्वीस्ट ल्याएमा आठौँ आश्चार्य हुने भन्दै उनले कटाक्ष गरे ।

‘भिजिट भिसामा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान्’, बाँस्कोटाले भनेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है ।’

२०८० को उपनिर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका वाग्लेले दुई वर्षपछि अस्ति शुक्रबार पहिलोचोटि कांग्रेस सभापति देउवासँग ‘वान टु वान’ वार्ता गरेका थिए ।
 

टिप्पणीहरू