होण्डाको एक्स्चेन्ज क्याम्प

होण्डाको एक्स्चेन्ज क्याम्प

नेपालकालागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यहि फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

यस एक्स्चेन्ज क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नुहुनेछ । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा रु. ७००० अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्तगर्नु हुनेछ ।

यस एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रिनम्बरमा कल गर्न सक्नुहुनेछ ।

टिप्पणीहरू