नेपाल भित्रिने रेमिट्यान्स घट्दो क्रममा

नेपाल भित्रिने रेमिट्यान्स घट्दो क्रममा

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रिने विदेशी मुद्रा रेमिट्यान्स ४ दशमलव ९ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १० दशमलव ९ प्रतिशतले बढेको थियो ।

पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १ सय २ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५ दशमलव ४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बितेको सात महिनामा २ सय ६५ दशमलव ९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३ सय २५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३ दशमलव १ प्रतिशतले घटेको थियो ।

टिप्पणीहरू