एनआईसी एशियाको सर्वश्रेष्ठ तलब बचत खाता

एनआईसी एशियाको सर्वश्रेष्ठ तलब बचत खाता

• साना उद्योग, व्यवसाय र प्रतिष्ठानलक्षित अतुलनीय तलबी खाता
• तलब बचत खातामै ४० लाख रुपैयाँसम्मको तीन बीमा फाइदा
• ५ वर्ष सम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर आदि ।

साना होस् वा ठूला उद्यम, निजी क्षेत्रका संगठित संस्था हुन् वा सरकारी निकाय, सार्वजनिक संस्थान । पछिल्लो समयमा बैंकिङ प्रणालीको व्यापक विकास र विस्तारसँगै यस्ता निकायमा रोजगार व्यक्तिहरूका लागि बैंकमा खाता खोल्ने र त्यहीँबाट तलबभत्ता भुक्तानी गर्ने प्रचलन बढ्दो छ । सरकारको परिवर्तित नीतिसँगै बैंक तथा वित्तीय संस्थामा तलबी खाता खोल्नु बाध्यकारी पनि भएको छ । तर, आवश्यकता वा वाध्यताले बैंकमा खाता खोल्दा त्यसका लाभ र फाइदाहरू प्रायः हेर्ने प्रचलन कम छ । बैंकहरूले आपसी छलफल र सहमतिका आधारमा फाइदाहरू प्रदान गर्ने गरेका छन्, जसका कारण तलब प्राप्त गर्ने व्यक्तिहरू, जो बैंकका वास्तविक बचतकर्ता हुन्छन्, उनीहरू बैंकले प्रदान गर्ने लाभ र अतिरिक्त फाइदाबाट बञ्चित भइरहेका छन् ।

यिनै परिप्रेक्षमा नेपालको अग्रणी ‘क’ वर्गको वाणिज्य बैंक एनआईसी एशिया बैंकले साना तथा मझौला उद्यम–व्यवसाय (एसएमई) देखि ठूला संस्थागत निकायहरूमा समेत काम गर्ने कर्मचारीहरूलक्षित विशिष्ट किसिमको ‘सर्वश्रेष्ठ तलब बचत खाताहरु’ सञ्चालनमा ल्याएको छ । बैंकले सम्भवतः पहिलो पटक पाँच जनाभन्दा कम (१ देखि ४ जनासम्म) तलबी कर्मचारीहरू भएका साना उद्यम–व्यवसाय वा साना प्रतिष्ठानका लागि समेत लक्षित गरि ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा ‘द पार्टनर अफ एनआईसी एशिया’ बचत खाता सञ्चालनमा ल्याएको छ ।

यसैगरी, ५० जनाभन्दा कम (५ देखि ४९ जना) सम्म कर्मचारी भएका प्रतिष्ठानहरूका लागि ‘द प्राइड अफ एन आई सी एशिया’ बचत खाता र ५० जनाभन्दा माथि कर्मचारी भएका प्रतिष्ठानहरूका लागि ‘एन आई सी एशिया गुडविल एम्बेसडर’ खाता सञ्चालनमा ल्याइएको छ । यी तीनै प्रकारका खाता शून्य नगद मौज्दातमा खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले हाल नेपालको बैंकिङ प्रणालीमा विद्यमान तलब खाता (पेरोल खाता) हरूमध्ये ‘सर्वश्रेष्ठ तलब बचत खाताहरूमा सर्वाधिक ८ दशमशल शुन्य ३ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । बैंकहरूले तलबी बचत खातामा प्रदान गर्नेमध्ये यो सर्वाधिक हो ।

यतिमात्र नभइ एनआईसी एशिया बैंकले तलबी खातामा तीन प्रकारका सर्वश्रेष्ठ बीमा योजना, तीन प्रकारका सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदा तथा १८ प्रकारका अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा प्रदान गर्ने जानकारी दिएको छ ।

यसअन्तर्गत ती तलबी बचत खातामध्ये लघु तथा साना प्रतिष्ठान लक्षित ‘द पार्टनर अफ एनआईसी एशिया’ बचत खातामा १० लाख रुपैयाँको दुर्घटना तथा घातक रोग बीमा र एक लाख रुपैयाँसम्मको औषधोपचार बीमा पाउन सकिने छ । यस्तै, मझौला प्रतिष्ठान लक्षित ‘द प्राइड अफ एन आई सी एशिया’ बचत खातामा २० लाख रुपैयाँको दुर्घटना तथा घातक रोग बीमा तथा दुई लाख रुपैयाँसम्मको औषधोपचार बीमाको व्यवस्था गरिएको छ ।

यसरी नै ५० जनाभन्दा बढी कार्यरत ठूला प्रतिष्ठान लक्षित ‘एनआईसी एशिया गुडविल एम्बेसडर’ बचत खातामा ४० लाख रुपैयाँको दुर्घटना तथा घातक रोग बीमा र चार लाख रुपैयाँसम्मको औषधोपचार बीमा व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त तीनै प्रकारका ‘सर्वश्रेष्ठ तलब बचत खाताहरू’को बीमाको अवधि ५ वर्ष रहेको छ । यसरी तलबी बचत खातामै एकीकृत रूपमा दुर्घटना, घातक रोग र औषधोपचार बीमा फाइदा उपलब्ध गराउने एनआईसी एशिया बैंक पहिलो बैंक बनेको छ ।

बैंकले तलबी कर्मचारीहरूको सम्पत्ति अभिवृद्धि फाइदाअन्तर्गत तीनै प्रकारका ‘सर्वश्रेष्ठ तलब बचत खाता’ मा ५ वर्षका लागि डिम्याट खाता र मेरो सेयर शुल्कलाई निःशुल्क तुल्याएको छ भने पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसका लागि लागि शुल्कमा ५ वर्षसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिएको छ ।

बैंकले तीनै प्रकारका ‘सर्वश्रेष्ठ तलब बचत खाता’ मा पाँच वर्षका लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ र पाँच वर्षसम्म निःशुल्क क्रेडिट कार्ड (५ लाख रुपैयाँसम्म क्रेडिट कार्ड सीमा भएको), निःशुल्क प्रिपेड डलर कार्ड, निःशुल्क इ–कमर्श एक्टिभेसन, निःशुल्क चेक प्रोसेसिङ, निःशुल्क आरटीजीएस, निःशुल्क लकर फाइदासहितको दर्जनौं डिजिटल तथा ट्रान्जेक्सन बैंकिङका फाइदाहरू रहेको जानकारी दिएको छ ।

बैंकले ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा प्रिभिलेज बैंकिङको फाइदा पनि उपलब्ध गराउने तथा कर्जामा पनि विशेष सहुलितका प्याकेज समावेश गरिएको बताएको छ । एउटै खातामा यस्ता फाइदाहरू निःशुल्क उपलब्ध हुँदा यसले बचतकर्ता तलबी कर्मचारीहरूका लागि निकै लाभ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए । पूँजी, वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका क्षेत्रहरुमा देशकै सबैभन्दा ठूला बैंकहरु मध्ये एक प्रमुख बैंकको रुपमा विशिष्ट पहिचान बनाएको एनआईसी एशिया बैंकले देशभर आफ्ना ३ सय ५८ शाखा, ४ सय ७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ्ग र ८८ एक्सटेन्सन काउन्टरसहित सबैभन्दा ठूलो सञ्जाल निर्माण गरिसकेको छ ।

टिप्पणीहरू