स्वास्थ्यका माग बोकेर रास्वपा टोली मन्त्रालयमा
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यसँग सम्बन्धित विविध विषय समेटिएको पत्र सरकारलाई बुझाएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटेर आज सो पार्टीका नेताहरुले २६ बुँदे सुझाव पत्र बुझाएका हुन् । जसमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र ल्याइनुपर्ने जस्ता मागसहितका सुझाव उल्लेख छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझ सशक्त, सहज र …