निफमा ४० देशका ८८ फिल्म देखाइने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को मिति तय गरेको छ । प्रतिष्ठानले आगामी चैत १९ देखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागेकाे हाे ।
महोत्सवमा सहभागी हुन कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भइसकेका आठ सयभन्दा बढी चलचित्रले आवेदन दिएकोमा ४० देशका ८८ वटा फिल्म छनोटमा परेका छन् । यसअघि फागुनमा आयोजना हुँदै आएको महोत्सव प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एक महिना पछाडि सरेको प्रतिष्ठानले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवको अन्त्यमा गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र, माउन्ट एभरेष्ट अवार्ड, फिचर चलचित्र, मञ्जुश्री अवार्ड, बेस्ट स्टुडेन्ट अवार्ड, बेस्ट नेशनल डकुमेन्ट्रीलगायतका विधामा पुरस्कार वितरण गरिने छ ।
यस वर्षको महोत्सवमा युवा मेकरहरूलाई प्रत्सोहन गर्न एआई चलचित्र मेकिङको कार्यशालासमेत राखिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
टिप्पणीहरू