एमाले उपाध्यक्ष र प्रधानमन्त्रीका सल्लाहकार बोआओ सम्मेलनमा

एमाले उपाध्यक्ष र प्रधानमन्त्रीका सल्लाहकार बोआओ सम्मेलनमा

चीनको दक्षिणी हाइनान प्रान्तको बोआओ सहरमा हिजोदेखि बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन शुरु भएको छ । हिजोदेखि पर्सिसम्म हुने सम्मेलनमा एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी हुन पौडेल अस्ति र सापकोटा गएराति चीन गएका हुन् । उनी गएराति साढे १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेट ३०६८ मा काठमाडौंबाट ग्वाङ्चौ हुँदै बोआओ गएको बताइएको छ ।

सम्मेलनमा गरिने प्यानल छलफलले विशेष गरी एसियामा केन्द्रित हुने, एसियामा लगानी, एसियामा वित्तीय सहयोगलाई प्रगाढ बनाउने र एसियालाई विकासको केन्द्र बनाउने प्रयास जस्ता विषयहरूको विस्तृत दायरालाई समेट्ने जानकारी दिइएको छ ।

सम्मेलनमा कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायेभ, नाउरुका राष्ट्रपति डेभिड डब्लु आर अडेआँग, श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनवर्दने, डोमिनिकाका प्रधानमन्त्री रुजवेल्ट स्केरिटलगायतको उपस्थिति रहेको छ ।
 

टिप्पणीहरू