पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई केही थाहा छैन !
असार १७ गते (सोमबार मध्यराति) कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरे । जसले चलिरहेको सत्ता समीकरणमा तरंग ल्यायो । यसका बाछिटा अहिले संघ हुँदै प्रदेश तहमा देखिँदै गएका छन् । त्यो मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको लिखित सहमतिमा के–के थियो ? बाहिर आइसकेको छैन । तर दुवै पार्टीका नेताहरूले विभिन्न कार्यक्रममा संविधान संशोधनसहित ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने गरी अघि बढेको बताउदै आएका छन् । …