प्रधानमन्त्री ओलीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुदैछ । न्यायाधीश बालकृष्ण ढकालको इजालमा रिटको पेशी तोकिएको छ ।
संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिरसहित अधिवक्ताहरु खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले असार ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत नपाए ७६ (३) अनुसार अर्को नियुक्ति गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले ओलीको निय…