वामपन्थीहरुलाई मिलाउने चिनियाँ नीतिप्रति गगन थापा असन्तुष्ट
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका राजनीतिक दलप्रति चिनियाँ दृष्टिकोण स्पष्ट नभएको बताएका छन् । पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् ।
एकातिर चीनले नेपालका सबै दलसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने अनि अर्कोतिर वामपन्थीहरु मिलाउन खोज्ने चिनियाँ नीति अमिल्दो रहेको थापाको टिप्पणी छ । काँग्रेस कार्यकर्ता भएर हेर्दा आफूले चीनको यस्तो नीति बु…