अबको १० वर्षपछि राज्यले वृद्ध भत्ता दिन नसक्ने मन्त्रीको दाबी
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् ।
गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भत्ता बाँड्ने भन्दा रोग लाग्ने नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । अबको २० वर्षभित्र ५० वर्ष माथिको जनसंख्या बढ्ने दाबी गर्दै उनले त्यो अवस्थामा राज्यले वृद्धभत्ता दिन नसक्ने बताए ।
समाजमा अहिले को मान्छे बिरामी हुन्छ र सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिने …