कुनै एमाले नेताले एमाले छाडे,कोही निकालिए

कुनै एमाले नेताले एमाले छाडे,कोही निकालिए

नेकपा (एमाले) केन्द्रीय निर्वाचन कमिटी सदस्य तथा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ का खुमाकान्त पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई नीति र विधिले काम नगरेको तथा नातावाद,भ्रष्टाचारलाई प्रश्रय दिएको जस्ता कारणले पार्टीमा बस्न नसकेको भन्दै लिखित राजीनामा दिएका हुन् ।

एमालेभित्र बस्न उकुसमुकुस भयो,नीति र विधि होइन की चाकडी,चाप्लुसी, नातावाद र कृपावादमा पार्टी चल्यो-पौडेलले जनआस्थासँग भने- त्यसैले एमाले छाड्ने निर्णय गरें ।

दुई साताअघि नाताले ज्वाईं पर्ने तिलोत्तमाका पूर्व मेयर तथा संघीय संसद सदस्य बासुदेव घिमिरेले एमाले छाडेको घोषणा गर्दा अवसरवादको संज्ञा दिएर तिलोत्तमाको भावी मेयरमा उम्मेदवारी घोषणा गरेका पौडेलले राजीनामा दिएको बिषयलाई जिल्ला अध्यक्ष गैरेले पनि पुष्टि गरे । "उहाँले लेखेर दिनुभएको छ,कुनै सन्दर्भ बिना नै खै के असन्तुष्टिले दिनुभयो कुन्नी"-गैरेले भने । 

पार्टी छाडेको घोषणा गरेका पौडेलले भने अन्य पार्टीमा जाने बिषयमा केही निर्णय नगरेको बताए । पौडेल एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य र प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता थिए । 
 

यसैवीच बैठकले पार्टीलाई कमजोर बनाउन सक्रिय रहेको आरोपमा जिल्ला कमिटी सचिव चित्रबहादुर कार्की तथा जिल्ला सदस्यहरू श्रद्धा कुँवर र प्रदीप पाण्डेलाई निष्कासन गरेको छ ।

जिल्ला कमिटी बैठकले देशबाहिर रहेका कारण सृजना थापा र निष्क्रिय रहेको ठहरसहित वेद गिरीलाई जिल्ला सदस्यको जिम्मेवारीबाट मुक्त गरेको बुझिएको छ ।

प्रदेश स्तरमा चोपलाल आचार्य,सञ्जय गुप्ता,मञ्जु भुसाल,धनेश्वरी चौधरी, तथा सैनामैना नगर कमिटी सदस्य ईश्वरी भण्डारीलाई सम्बन्धित कमिटीले कारबाही तथा जिम्मेवारीबाट मुक्त गरेकोमा बैठकले त्यसलाई पनि अनुमोदन गरेको छ ।

टिप्पणीहरू