कार्यकाल सकिनुअघि राजीनामा

कार्यकाल सकिनुअघि राजीनामा

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न उनले राष्ट्रिय सभा सदस्यबाट  राजीनामाको तयारी गरेका हुन् ।

बर्दिया–१ का मतदातासँग आज बिहान गरेको भेटघाटका क्रममा गौतमले उक्त जानकारी दिएका हुन् । उनी २०७७ असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । फागुन २० गते कार्यकाल सकिनुअघि उनले राजीनामा दिन लागेका हुन् ।

टिप्पणीहरू