काँग्रेसको साहित्य विभागमा १० जना थपिए
नेपाली काँग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको विभागमा १० सदस्य मनोनयन गर्नुभएको हो ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सदस्यमा अछामका यज्ञराज उपाध्याय, काठमाडौंका राजेन्द्र खत्री, काभ्रेपलाञ्चोकका रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र श…