सहकारी पीडितको आन्दोलन स्थगित, मन्त्रीले शब्द फिर्ता लिएको दाबी
सहकारी पीडितहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । सरकारसँग सहमति जुटेसँगै पीडितहरुले साढे तीन महिने लामो आन्दोलन स्थगित गरेका हुन् ।
हिजो साँझ भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा भएको बैठकमा आठ बुँदे सहमति जुटेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए ।
उनका अनुसार सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदनको आधारमा काम अगाडि बढाउने सहमति भएको छ । समस्यामा परेका सहकारी संस्थाका…