मेयरले हाकिमको खोस्ने,उपमेयरले पोस्ने
जनताको काम नगरेको आरोपमा मेयरले सवारी साधन जफत गरिदिएपछि चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले उपमेयरको गाडी प्रयोग गर्न थालेको बुझिन्छ । ‘काम नगर्नेलाई किन गाडी दिने ?’ भन्दै नगरप्रमुख समशेर लामाले केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारी साधनको चाबी थुतेर राखेको अवस्थामा उपमेयर देवेन्द्र लामाले आफू चढ्ने गाडी हाकिमलाई उपलब्ध गराइदिएका हुन् ।
‘हाकिमले ड्राइभरलाई बोलाउँदा चाबी मेयर सापले राखेको भन्ने कुरा आ…