नयाँ अपराधी धमाधम, पुराना अझै सुइँकुच्चा
प्रहरीले पछिल्ला जघन्य अपराधमा संलग्न अभियुक्तलाई त मसिनो अनुसन्धानबाट समात्न थालेको छ । तर, विगत वर्षमा भएका जघन्य अपराधका अयिभुक्तको भने सुइँको समेत लाग्न सकेको छैन । ‘तत्कालै भएका घटनामा गरिने अनुसन्धान र पुराना घटनामा गरिने अनुसन्धानको विधि र प्रक्रिया फरक भएकाले पनि ती फेला पर्न नसकेका हुन्’– एसपी बसुन्धरा खड्काले भनिन् ।
०७९ कात्तिक २७ गते पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक मन्दिरनजिकै दिउँसो घरमा बसिरहेको दम्पती रामबहादुर थापा र श्रीमती ग…