एक मतको मूल्य १५ हजार १५१
निर्वाचन जित्न कुनै उम्मेदवारले खर्चिएको रकम नभई मतपत्र ओसार्नका लागि राज्यले खर्चेको हिसाब हो यो । आइतबार ४१ वटा स्थानीय तहका लागि भएको उपनिर्वाचनमा २९३ वटा मतदान केन्द्र थिए । तिनैमध्ये एउटा केन्द्रमा गाडीबाटै पुग्न दुई दिन लाग्ने भएपछि जंगी अड्डालाई गुहारियो । सेनाको हेलिकप्टरबाट १५ मीनेटमा मतपत्र सदरमुकाम चरिकोट ल्याएर मतगणना सम्पन्न गरियो । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको निर्वाचनमा मतदान केन्द्र १२ वटा र २१ वटा बुथ थिए । जसमध्येको ह…