काठमाडौँमा भोट घटेकोमा एमाले गम्भीर

काठमाडौँमा भोट घटेकोमा एमाले गम्भीर

सत्तारुढ नेकपा एमालेले शहरी जनमत पार्टीतर्फ फर्काउन नसकेको निष्कर्ष निकालेको छ । 

आज बसेको सचिवालय बैठक गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गर्दै उक्त निचोडमा पुगेको हो । काठमाडौँ-१६ र कीर्तिपुरको परिणामलाई गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 

‘यो परिणामलाई हामीले गम्भीरतापूवर्क लिएका छौं,’उनले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौं ।’

यद्यपी उपनिर्वाचन भएका ४२ मध्ये यसअघि पार्टीले जितेका सबै वडा फिर्ता गर्न नसके पनि दुई पालिकाको उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा एमालेले सन्तोष मानेको छ ।

टिप्पणीहरू