साढे पाँच महिनापछि पुरानो विश्वविद्यालयको एक दर्जन नीति पारित
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले गत साउनमा रोकिदिएपछि अनिश्चित बनेको त्रिभुवन विश्वविद्यालयको चालु आर्थिक वर्ष २०८१–०८२ को नीति पारित भएको छ । आज बसेको त्रिवि सभाले १२ बुँदे नीति पारित गरेको छ ।
त्रिविमा नीति तथा कार्यक्रमका आधारमा बजेट स्वीकृत गर्ने अभ्यास रहेकोमा साउन दोस्रो साता प्रधानमन्त्री तथा कुलपति ओलीले प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्न रोक लगाउनुभएको आरोप लागेको थियो । उहाँले ‘नीति अधिवेशन’ गर्ने भनेपछि सभाले बजेट म…