रुसी पूर्व राष्ट्रपति बेइजिङमा, मस्कोद्वारा तालिवान सरकारलाई मान्यताको तयारी
रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव बेइजिङ पुगेका छन् । उनी मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरुसँग वार्ताका लागि चीन गएको बताइन्छ ।
भ्रमणका क्रममा वरिष्ठ चिनियाँ अधिकारीसँग उनको भेटवार्ता र छलफल हुने रुसी सरकारी सञ्चार माध्यमले जनाएका छन् । रुस र चीन परम्परागत रुपमा घनिष्ठ मित्रराष्ट्र हुन् । युक्रेन युद्ध र पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध निकै कसिलो हुँदै गएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मेदभेदेवको चीन भ्रमणलाई चीन र रुसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरुको आदानप्रदानको रुपमा लिनुपर्ने बताएका छन् ।
यसैबीच रुसले अफगानिस्तानको तालिवान समूहलाई आतंककारी समूहको सूचीबाट हटाएको छ । संसदबाट हालै पारित एक कानुनले तालिवानलाई उक्त समूहबाट हटाएपछि अफगानिस्तानमा शासन सत्ता सञ्चालन गर्दै आएको तालिवानी सरकारलाई रुसले मान्यता दिने सम्भावना बढेको हो ।
टिप्पणीहरू