विदेशमा बिचल्ली परेका चार दर्जन नेपालीको उद्धार
आकर्षक रोजगारीको प्रलोभनमा पारी म्यानमार पुर्याएर अवैध काममा लगाइएका चार दर्जन नेपालीको उद्धार गरिएको छ ।
बैंककस्थित नेपाली दूतावासले ४७ जनालाई उद्धार गरेर आज नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काएको हो । जसमा ४५ जना पुरुष र दुई महिला छन् ।
नेपाल फर्काइएकामध्ये सबैभन्दा धेरै झापाका पाँच जना रहेका छन् । त्यसपछि धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका तीन–तीन र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, स…