‘एकाबिहानै ठूलो स्वरमा नकराउनू’
कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले कार्यालय परिसर बाहिर बिहानैदेखि ठूलो स्वरमा कुराकानी, हो–हल्ला र अनावश्यक भिडभाड नगर्न सेवाग्राहीसँग आग्रह गरेको छ। बिहान ५ बजेदेखि वरपर भेला हुने, खुला स्थानमा लामो समय सवारी पार्किङ गर्ने र अनावश्यक भिडभाड हुँदा दूतावास वरपरका छिमेकका बासिन्दाहरूलाई असहज बनाएकाले उक्त निर्देशन दिइएको बताइएको छ ।
दूतावासले कार्यालय समय अनुसार मात्र सेवा लिन बिहान ८ बजेपछि मात्र आवश्यक भएमा उपस्थित हुन र सम्बन्धित सेवाग्राही मात्र उपस्थित हुन आग्रह गरेको हो ।
टिप्पणीहरू