दोहास्थित नेपाली दूतावासमा ‘बृहत रक्तदान कार्यक्रम’
![दोहास्थित नेपाली दूतावासमा ‘बृहत रक्तदान कार्यक्रम’](https://janaaastha.prixacdn.net/media/albums/embassy-of-nepal-qatar-%E0%A4%95%E0%A4%A4%E0%A4%B0-%E0%A4%A8%E0%A4%AA%E0%A4%B2-%E0%A4%B0%E0%A4%9C%E0%A4%A6%E0%A4%A4%E0%A4%B5%E0%A4%B8_28five8yyz.jpg)
कतारको दोहास्थित नेपाली राजदूतावासमा ‘बृहत रक्तदान कार्यक्रम’ आयोजना गर्न लागिएको छ । दूतावास र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा आगामी अप्रिल १२ का दिन रक्तदान कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।
नयाँ वर्ष वि.सं. २०८१ र इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद उल फित्रको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने दूतावासले जनाएको छ । उक्त दिन बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम शुरु हुनेछ ।
टिप्पणीहरू