प्रमाणसहित हकदाबी पेश गर्न राजस्व अनुसन्धान विभागको आग्रह
राजस्व अनुसन्धान विभागले आधा दर्जन सवारीसाधनउपर हकदाबी पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । विभागले शंकास्पद रुपमा चलाइएका दुई तथा चार पाङ्ग्रे सवारीसाधनमाथि हकदाबी पेश गर्न सूचना प्रकाशित गरेको छ ।
विभागले बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित आगामी पन्ध्र दिनभित्र दाबी पेश गर्न अनुरोध गरिएको छ ।
काठमाडौं महानगरपालिका–२८, रामशाहपथबाट बरामद को.३६ प ४४४९ र लु.७१ प २०३३ नम्बरको क्लासिक मोटरसाइकल, लु.२८ प ८३४५ र को.३६ प ९७०१ न…