मगन्तेमुक्तपछि सडक बालबालिकारहित मुलुकको कल्पना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चालु आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र बनाउने दाबी गर्नुभएको छ । अघिल्लो कार्यकालमा गरेको ‘मगेन्तमुक्त’ सडक बनाउने घोषणा पुरा हुन नपाउँदै उहाँले सडक बालबालिकामुक्त राष्ट्रकोे घोषणा गर्नुभएको छ ।
उहाँले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले सडक बालबालिकाको अवस्था बदल्ने संकल्प लिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिलेपनि ठूलो संख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकविहिन छ…