राजदरबारअगाडि एमालेको स्टेज,बिहानैदेखि यातायात प्रभावित
नेकपा एमालेको जुलुस र आमसभा शुरु नहुँदै राजधानीको यातायात ब्यवस्था प्रभावित भएको छ । आज काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्दै दरबारमार्गमा आमसभा गर्ने एमालेको तयारी छ ।
नारायणहिटी दरबारको दक्षिण गेट सामुन्ने स्टेज बनाइएको छ । बिहानैदेखि केशरमहलबाट सवारी साधनलाई जमलतर्फ जान मिल्ने गरी एकतर्फी बनाइएको छ । जय नेपाल हलबाट जाने सवारी साधनलाई कृष्ण पाउरोटी चोकतर्फ र जमलबाट आएका सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिएकाले यातायात प्रभावित भएको हो ।
एमालेले विधिको शास…