एक अर्ब २० करोड डलरमध्ये एक्जिम बैंकको १८ करोड
१३५ मेगावाट क्षमतायुक्त मनाङ्ग–मर्स्याङदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन जुटाउने कार्यमा चिनियाँ एक्जिम बैंकले १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण प्रदान गरेको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रा.लि.द्वारा प्रवर्धित १३५ मेगावाटको आयोजना निर्माण कार्यसमेत प्रारम्भ भइसकेको छ ।
हिजो अक्टोबर २२ का दिन चीनको एक्जिम बैंकसँग कर्जा सम्झौतापश्चात् वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको जनाइएको छ । लगत्तै निर्माण कार्यसमेत प्रारम्भ भएको र बाँकी ऋण रकम अन्य श्रोतबाट जुट…