समाचार

किर्तेमा मुछिएका परशुरामका अहेवविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोप लागेका डडेल्धुराको परशुराम नगरपालिकाका अहेव रमेश बोहराविरुद्ध मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । बोहराले अहेवमा नियुक्ति पाउनकै लागि कम्युनिटी मेडिसिन असिस्टेन्ट तहको झुठो प्रमाणपत्र बनाएको अख्तियारको दाबी छ ।  अख्तियारका अनुसार उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रक कार्यालय भक्तपुरबाट जारी भएको कम्युनिटी मे…

Page 631 of 2010