बाहिर पसलमा औषधि, भित्रको अँध्यारो कुनामा लागूऔषध
लागूऔषध बेचबिखन गरेको आरोपमा गत असोज १५ गते कास्कीको पोखरास्थित एक फार्मेसी सञ्चालक समातिए । रत्नचोकस्थित ‘शुभेक्षा फार्मेसी’ सञ्चालन गर्दै आएका ५८ वर्षीय मित्रलाल शर्मालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट संयुक्त रुपमा खटिएको टोलीले फार्मेसीमा छापा मारेको थियो । सो क्रममा झण्डै ८० लाख रुपैयाँ बराबरको ४५ हजार १८५ टेपेन्टाडोल हाइड्रोक्लोराइड क्यासुल बरामदसँगै उनलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो ।
प्रतिबन्धि…