दल र नेताहरुको गलत प्रवृत्ति सर्दै
सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला प्रहरी हिरासतमा छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै समातेको थियो ।
पक्राउ पर्नु एक दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली ३२ अर्ब) लगानी गरेको दाबी गर्दै डकुमेन्टसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
तर, ती सबै डकुमेन्ट फेक पाइएपछि प्रहरीले उनलाई न…