समाचार

उपनिर्वाचनको मतदान शुरु

स्थानीय तह उपनिर्वाचनका लागि मतदान सुरू भएको छ । बिहान ७ बजेबाट मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका रिक्त ४१ पदका लागि अपरान्ह ५ बजेसम्म मतदान हुँदै छ । जसमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  

Page 630 of 2011