यौन हिंसाको आरोपमा डाम्ने प्रवृत्ति बढ्दो
पछिल्लो समय जर्बजस्ती र यौन दुर्व्यवहारको घटना दिनहुँ बढिरहेका छन् । यस्ता घटनामा सामान्यतयाः महिला पीडित र पुरुष पीडक हुने गरेको पाइन्छ । तर कतिपय अवस्थामा सहमतिमै भएको र राखिएको सम्बन्धलाई पनि जबर्जस्तीमा परिणत गराउने प्रवृत्ति निकै डरलाग्दो तरिकाले बढेको बताइन्छ ।
हुनतः मुलुकको प्रचलित कानुनले दिएको सुविधालाई प्रयोग गरेर पुरुषलाई पीडक करार गराउन गलत विचार बोकेका केही महिलालाई तुलनात्मक रुपमा सजिलो पनि हुने गरेको छ । तर यही प्रवृत्ति मौलाइरहने हो पुरुषको पी…