सुटबुटमा सजिएकाहरुको कर्तुतबाट सर्वसाधारण आजित
मोरङमा नक्कली सुनका गरगहना देखाएर ठगी गर्दै आएको गिरोहलाई प्रहरीले समातेको छ । लामो समयदेखि नक्कली सुनका गरगहनालाई सक्कली भनी झुक्याएर बेच्दै आएका दुई भारतीय र चार नेपालीसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९, बस्ने ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३, बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वासह…