गौतमबुद्ध विमानस्थलबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा झन्डै पाँच हजार यात्रुले अन्तर्राष्ट्रिय उडान सेवा प्राप्त गरेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सार्वजनिक गरेको पछिल्लो एक महिना (नोभेम्बर ३ देखि डिसेम्बर ३ तारिखसम्म) को उडान तथ्याङ्कअनुसार ४ हजार ७७२ यात्रुले यहाँबाट उडान तथा अवतरण गरेका हुन् । यो अवधिमा विमानस्थलबाट प्रस्थान गर्नेभन्दा भित्रिने यात्रुको संख्या बढी रहेको छ ।
२ हजार २३८ यात्रु भैरहवाबाट विदेश उड्दा २ हजार ५३३ यात्रु अवतरण गरे…