शेरा दरबार जग्गा प्रकरण: प्रचण्डले धन्यवाद दिन्छु भनेपछि गृहमन्त्रीको तत्कालै जवाफ
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार जग्गा हिनामिना प्रकरणको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले जग्गा फिर्ता ल्याउन सरकारलाई अपील गर्नुभएको हो । उक्त प्रकरणमा अनुसन्धान गर्दै जाँदा आवश्यक परे आफूमाथि पनि छानविन थाल्न प्रचण्डले सुझाउनु भयो ।
‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषील…