बूढानीलकण्ठमा पहिले ब्रिफिङ, पछि निर्णय
प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको जनगुनासो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको प्रतिनिधित्व गरेर सरकारमा सामेल मन्त्रीहरुलाई आफ्नै निवास बूढानिलकण्ठमा बोलाएर छलफल गरे । झन्डै पाँच घण्टासम्म चलेको बैठकमा मन्त्रीहरुले छ महिने उपलब्धिको चर्चा गर्दै मन्त्रालयमा भएका समस्याबारे पार्टी नेतृत्वलाई जानकारी गराएका थिए ।
बैठकमा मन्त्रीहरुले विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकिएक…